Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले उत्पादित विद्युतको नयाँ बजार खोज्नु पर्छः इप्पानका उपाध्यक्ष डाँगीसँग कुराकानी

अर्थ संसार

सोमबार, ०७ भदौ २०७८, १२ : ०५ मा प्रकाशित

 तेहथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ८ लाख कित्ता अर्थात ८ करोड रुपैयाँको आइपिओ निस्कासन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख कित्ता सेयर बाँडिसकेको छ । कम्पनीको यस बर्षसम्म प्रतिसेयर आम्दानी नकारात्मक छ ।

कम्पनीले अर्को बर्षदेखि नेटवर्थ पोजेटिभ हुने र लाभांशसमेत बाँड्ने प्रक्षेपण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगी तेह्रथुम पावरले उत्पादन गरेको विद्युत सुनकोशी करिडोरमा जोडिइसकेकाले अर्को बर्षदेखि लाभांश वितरण गर्ने दावी गर्छन् । कम्पनीले संचालन गरिहेको विद्युत आयोजना, कम्पनीको ऋणको अबस्था, कम्पनीको आइपिओले पाएको रेटिंगलगायतका विषयमा हामीले डाँगीसँग कुरा गरेका छौं ।

मोहन डाँगी स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का उपाध्यक्ष समेत हुन् । उनलाई हामीले विद्युत क्षेत्रका समस्या के के हुन् भनेर सोध्यौं । विद्युत नियमन आयोगले नेटवर्थ पोजिटिभ भएका कम्पनीहरुलाई ऋण तिर्न हकप्रद जारी गर्न दिने गरी निर्देशिका संसोधन गर्दै छ ।

यसलाई इपानले कसरी लिएको छ ? कुनै बेला चरम लोडसेडिंग भोगेको मुलुक अहिले मुक्त छ । चरम अभाव भोगेका बेला अबसर देखेर जलविद्युत आयोजनाको लाइसेन्स लिने क्रम निकै बढ्यो । अब उत्पादित विजुली धेरै हुने अबस्था छ । कहाँ लगेर बेच्नुहुन्छ विजुली ? प्रसारण लाइनको कतिको समस्या छ ? लगायतका विषयमा डाँगीसँग अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधान संपादक लीलानाथ घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको