Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा ईसेवाबाट आवेदन दिन सकिने

अर्थ संसार

सोमबार, ०७ भदौ २०७८, १२ : ५६ मा प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा ईसेवाबाट आवेदन दिन सकिने

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते साेमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा ईसेवाबाट नै आवेदन दिन सकिने भएको छ ।

ईसेवाबाट आवेदन दिनका लागि यसाे गर्नुहाेस् :

१. ईसेवा खाेलेर BBHCL - IPO (Nuwakot Only) मा थिच्नुहाेस् ।

२. नुवाकाेटबासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहाेस् ।

३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 

४. प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

No description available.

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि छिटोमा भदौ १४ गतेसम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । 

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको