Like us!
Follow us!
Connect us!
Watch us!

राजपा नेपालले देउवालाई भने -‘ हाम्रो माग पुरा नगरे हामी प्रधानमन्त्रीमा भोट हाल्दैनौ’

मंगलबार, २३ जेठ २०७४, ११ : ३५ मा प्रकाशित

राजपा नेपालले देउवालाई  भने -‘ हाम्रो माग पुरा नगरे हामी प्रधानमन्त्रीमा भोट हाल्दैनौ’

अर्थ संसार, काठमाडौँ– मधेश केन्द्रीत दलको रुपमा रहेको राजपा नेपालले आफूहरुको माग सम्बोधन नगरे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मतदान नगर्ने धम्की दिएको छ ।

संसदको पाँचौं ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सहमति गरेर मात्रै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर भएपछि मात्रै देउवालाई भोट हाल्ने राजपाका नेता लक्ष्मणलाल कर्णले बताए । उनले आफूहरुको माग सम्बोधन नगरे देउवालाई भोट दिन नसकिने र सहयोग पनि गर्न नसक्ने चेतावनी दिएको छ ।

‘सहमतिको ड्राफ्ट तयार भइसकेको छ, आज संसद बैठक अघि नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ’, कर्णले भने, ‘सहमति पत्रमा यसअघि कार्यन्वयन गर्न बाँकी रहेका र नयाँ परिस्थितीले जन्माएका विषयवस्तु समेटिएको छ ।’ सहमति नभए हामी सरकारलाई समर्थन गर्न सक्दैनौ ।

संविधान संसोधन, सहिद घोषणा, मधेश आन्दोलनका घाइतेको निशुल्क उपचार, जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्तालगायतका विषय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामै सहमति भएका विषय हुन् ।

यि मध्ये कार्यान्वयन हुन बाँकी र मधेशका जिल्लामा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने विषय नयाँ सहमतिपत्रमा उल्लेख गरिएको नेताहरुले बताएका छन् । ६ दल एकीकृत भएर बनेको राजपा नेपालका २४ सांसद छन् । सरकारमा सहभागि हुने बेलामा मधेसी दलले सधैभरी सर्त राख्ने गरेपनि सरकारमा गएपछि बिर्सने गरेको आरोप लाग्ने गरेको छ ।

विगतमा पनि माग बिर्सिइयो, अब त्यस्तो हुँदैन भन्ने ग्यारेन्टी आफूहरुलाई चाहिएको राजपाका नेताहरुको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको