Like us!
Follow us!
Connect us!
Watch us!

देउवाका प्रमुख सारथी : अर्थमन्त्रीमा महेश आचार्य, गृहमा जनार्दन शर्मा

मंगलबार, २३ जेठ २०७४, १२ : ०७ मा प्रकाशित

देउवाका प्रमुख सारथी  : अर्थमन्त्रीमा महेश आचार्य, गृहमा जनार्दन शर्मा


अर्थ संसार,काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा निर्वाचित हुँदै गर्दा उनको मन्त्रिमण्डमा सहभागी हुने मन्त्रीको चर्चा हुन थालेको छ । को कसले महत्वपूर्ण मनत्रालयको जिम्मेवारी सम्हाल्दैछन् त्यसको बारेमा चर्चा सुरु भएको छ ।

देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गर्ने तयारी गरेका छन् ।  पहिलो चरणमा माओवादी केन्द्रले दुई जनालाई सरकारमा पठाउने तयारी गरेको छ ।


स्रोतका अनुसार माओवादीबाट कृष्णबहादुर महरा पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने छन । उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने महरालाई दिइने मन्त्रालय भने टुंगो नलागेको स्रोतले जनाएको छ ।

माओवादीको भागमा परेको गृहमन्त्रालयको जिम्मेवारी भने प्रचण्ड सरकारमा उर्जा मन्त्री रहेका जनार्दन शर्माले पाउने तय भएको छ। शर्माले प्रचण्ड नेतृत्वको सरकारमा मुलुकबाट लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
 
देउवा नेतृत्वको सरकारमा शर्मालाई गृहमन्त्रालयको जिम्मेवारी दिने तय भएको छ। महरा र शर्मा सरकारमा सहभागी हुने तय भएपनि अन्य मन्त्रीका विषयमा भने सहमति जुट्न सकेको छैन। माओवादीका भागमा आठ मन्त्रालय परेका छन ।

यसैगरी देउवाले कांग्रेसकातर्फबाट सुरुमा बढीमा तीन जनालाई मन्त्री बनाउने भएका छन्। स्रोतका अनुसार एक जना नेता रामचन्द्र पौडेलका पक्षबाट र दुई जना आफ्नो पक्षबाट मन्त्री बनाउने तयारीमा देउवा रहेका छन्। कांग्रेसभित्र पहिलो चरणमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की र गोपालमान श्रेष्ठको चर्चा छ । आचार्यलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको जनाएको छ।

यसैगरी पहिलो चरणमा विजयकुमार गच्छार नेतृत्वको नेपाल लोकतान्त्रिक फोमरबाट एक जनालाई मन्त्री बनाउने बताइएको छ । यसअघि प्रचण्ड नेतृत्वमा सहभागी भएको लोकतान्त्रिक फोरमलाई देउवा नेतृत्वको सरकारमा पनि सहभागी गराउने सहमति भएको थियो।

लोकतान्त्रिक फोरमको भागमा तीन वटा मन्त्रालय परेको छ। राप्रपा र संघीय समाजवादी फोरम नेपालले पनि देउवालाई गर्दै सरकारमा सहभागी हुने तयारी गरेका छन्। तर पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमलाई मात्र सरकारमा सहभागी गराउने तयारी भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको