Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा (पत्रसहित)

नेप्से

मंगलबार, ०८ भदौ २०७८, १७ : २८ मा प्रकाशित

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा (पत्रसहित)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएकाे जानकारी गराएका हुन् ।  उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियाे । 

अर्थ समितिले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो । 

अर्थ समितिले अर्थ मन्त्री र अर्थमन्त्रालयका सचिवसँग गरेको छलफलमा सहभागि सांसदहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई तत्कालन निलम्बन गरी सत्य तथ्य छानबिनको माग गरेका थिए । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको  र  यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गरिने बताएका थिए ।  

"नेप्सेमा सुचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहसने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिनएको हु" साँवदले भने ।

No description available.

No description available.

No description available.

No description available.No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको