Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावर नाफामा, अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, ११ : १६ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावर नाफामा, अन्य सूचक के भए ?

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले १ लाख ३१ हजार ६ सय ३४ रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी ४ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेकाे छ  । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ३८ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २२ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीकाे चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी जम्म एक पैसा रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

612879e016d12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको