Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, ११ : ०५ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो पाैष ५ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चाैँथाे, पाचाैँ तथा छैठाैँ वार्षिक साधारण सभा, कुपण्डाेल ब्याङ्क्वेट, कुपण्डाेल, ललितपुर र भर्चुअल माध्यममार्फत् एक साथ सञ्चालन हुनेछ । 

सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीकाे संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालककाे मनाेनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c1650862904.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको