Like us!
Follow us!
Connect us!
Watch us!

३८८ मतका साथ देउवा मुलुकको प्रधानमन्त्रीमा निर्वाचित

मंगलबार, २३ जेठ २०७४, १८ : ४९ मा प्रकाशित

३८८ मतका साथ देउवा मुलुकको प्रधानमन्त्रीमा निर्वाचित

अर्थ संसार, काठमाडौँ-  मुलुकको चालिसौ प्रधानमन्त्रीका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । 

व्यवस्थापिका–संसदमा आज भएको निर्वाचनमा सभापति देउवाले ३८८ मत प्राप्त गर्नुभयो । विपक्षमा १७० मत परेको छ ।  कुल ५५८ जना सांसदले मतदान गर्नुभएको थियो । 

सभामुख ओनसरी घर्तीले देउवालाई प्रधानमन्त्रीको निर्वाचित भएको घोषणा गर्नुभयो । करिब १२ वर्षपछि देउवा प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको उत्ताराधिकारीको रुपमा देउवा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को गठबन्धन सरकारको रुपमा नेतृत्व गर्न लाग्नुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको