अर्थ संसारा,रामपुर (पाल्पा)– पाल्पाको रामपुरमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको छ । क्रियापुत्री आवासीय भवन निर्माणका लागि रामपुर नगरपालिकाबाट रु ५० हजार अनुदान र स्थानीय बासिन्दाको रु ९७ हजार गरी कुल रु एक लाख ४७ हजारको लागतमा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको गुरुप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।
रामपुर नगरपालिका–५ को पुरानो बेझाडबजारस्थित पुजेरी पँधेरामा क्रियापुत्री आवासीय भवन निर्माण गरिएको हो । यहाँ क्रियापुत्रीलाई बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको समितिका अध्यक्ष नगिलाल पौडेलले बताउनुभयो ।
यस क्षेत्रमा क्रियापुत्रीका लागि छुट्टै भवन नहुँदा घर भाडामा बस्नेलाई काजक्रिया गर्न समस्या परेको थियो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस