Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट

नेप्से

मंगलबार, १५ भदौ २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट

आज (मंगलबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ । नियमित करेक्सनपछि बजारले फेरि नयाँ उचाई लिने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा पुगेकाे छ । नेप्से २.२७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १२.३४ अंकले घटेर ५५०.५२ विन्दुमा झरेकाे छ ।

नेप्से परिसूचकका साथ साथै काराेबार रकम पनि घटेकाे छ । कूल २२७ वटा कम्पनीकाे २ कराेड ३१ लाख ९ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

612df7f99ef98.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।

612df80a753a5.jpg 

मंगलबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १ अर्ब १ कराेड ५ लाख ७३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । त्यसपश्चात् धेरै काराेबार हुने अन्य कम्पनीहरूमा हिमालयन डिष्टीलरी, नेपाल बैंक, गुडविल फाइनान्स, अपि पावर रहेका छन् ।

612df80ff397a.jpg

मंगलबार रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

612df81b532dc.jpg

यता कर्णाली डेभलमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

612df8159fe8c.jpg

याे पनि :

बजारमा त्रास आएकै हो ? अब कसरी लगानी गर्ने ? Forecast for Bhadra 13-17 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको