Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १७ : ४६ मा प्रकाशित

लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय “नेपाल चार्टड एकाउन्टेन्ट संस्था” (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकलाई दिएको छ ।

सन् २०२० मा उत्कृष्ट वित्तीय विबरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो । 

लुम्बिनी विकास बैंकले सदैब कटिबद्ध रही आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता गर्नुको साथै आफुलाई अवार्डको योग्य ठान्ने आईक्यानका साथै अवार्ड प्राप्त गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको