Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, ११ : ०७ मा प्रकाशित

लुम्बिनी विकास बैंकको १ लाख ४ हजार कित्ता सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

बैंकले संस्थापक समूहको १ लाख ४ हजार ८१५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।

निवेदन पेस गर्नका लागि ३५ दिनको समय दिइएको छ। यो समयसीमाभित्र इच्छुक संस्थापक सेयरधनीले काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेमा प्रचलित कानुनबमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको