अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका हुन् ।
प्रधानमनत्री देउवालाई म्ख्यसचिव डा सोमलला सुवेदी , प्रधानमन्त्री कार्यालयका सचिव तथा अन्य कर्मचारीले स्वागत गरेका थिए ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथग्रहण गरेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री कार्यालय पुगेर दुई महत्वपूर्ण निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अन्तरप्रदेश सचिवालय गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तै सदाचार नीतिको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालयमा पेश गर्ने सम्बन्धी अर्को महत्वपूर्ण निर्णमया समेत हस्ताक्षर गरेका छन् ।
चौथोपटक मुलुकको सर्वोच्च कार्यकारीमा निर्वाचित भएका देउवा पदभार ग्रहण गर्न पुग्दा हास्दै लौ है म त आए त भन्दै हासी मजाक पनि गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्न समेत
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस