Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : बजार खुलेकाे १५ मिनेटमै ६२ अंकले बढ्याे सेयर बजार

नेप्से

सोमबार, २१ भदौ २०७८, ११ : १६ मा प्रकाशित

नेप्से अपडेट : बजार खुलेकाे १५ मिनेटमै ६२ अंकले बढ्याे सेयर बजार

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । बजार खुलेकाे १५ मिनेटमा नेप्से परिसूचक ६२ अंकले बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६२.०९ अंकले बढेर २८८०.९३ विन्दुमा पुगेकाे छ । नेप्से २.२० प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.८४ अंकले बढेर ५३२.८३ विन्दुमा पुगेकाे छ ।

कूल १८४ वटा कम्पनीकाे ८ लाख ४ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ४९ करोड ५९ लाख ८ हजार एक सय ९१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेकाे छ ।

6135a94d51f88.jpg 6135a955865f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको