Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

नेप्से

सोमबार, २१ भदौ २०७८, १३ : ५९ मा प्रकाशित

नेप्सेमा २ बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार २ वटा बैंककाे ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार "९ प्रतिशत सांग्रिला बैंक डिबेञ्चर २०८७" काे ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि असार २० गते, आइतबारसम्म १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नाममा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

त्यसैगरी, "८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५" काे २४ लाख ४७ हजार ९ सय ६३ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन २८ गते, शुक्रबारबाट चैत्र १३ गते, शुक्रबारसम्म ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, प्राइम डिबेन्चर २०८५’ नाममा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे ।

6135cf31cded8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको