Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व सचिव कर्णले लिए सञ्चय कोष सञ्चालक समिति अध्यक्षको सपथ

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, ०६ : ५८ मा प्रकाशित

राजस्व सचिव कर्णले लिए सञ्चय कोष सञ्चालक समिति अध्यक्षको सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छ ।  

सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । 

सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिनुभयो । ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने, ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ 

यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए । उनि सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको