अर्थ संसार, काठमाडौँ- मानसिक सन्तुलन गुमाएपछि एक वर्षदेखि घरमै बाँधेर राखिएकी टोखा नगरपालिका वडा नं ७ की करिब ६५ वर्षीया कान्छी तामाङलाई उद्धार गरिएको छ ।
प्राप्त सूचनाका आधारमा महिला बालबालिका कार्यालयलगायतका सङ्घसंस्था मावनअधिकारकर्मी, सामाजिक अभियन्तासहितको टोलेले आज उद्धार गरी मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो ।
“मानसिक अवस्था गुमाएपछि भाग्ने डरले एक वर्षदेखि परिवारले कुर्चीमा डोरीले बाँधेर राख्दै आएका थिए, दिसापिसाब पनि बसेकै ठाउँमा गराउँदै आएका छन्” – तामाङकी छिमेकी वसन्ती रानाभाटले भन्नुभयो । उद्धारका लागि टोली त्यहाँपुग्दा तामाङको घरमा कोही नभएपछि टोलीले वडाध्यक्ष र स्थानीयवासीको सहभागितामा उद्धार गरेको हो ।
मानवअधिकारकर्मी दुर्गानाथ दाहालले परिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न समस्या भएका कारण घरमै बाँधेर राखिएको हुँदा आफूहरूले उद्धार गरेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस