Like us!
Follow us!
Connect us!
Watch us!

अब विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १६ : ५० मा प्रकाशित

अब विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने

खल्ती वालेटले विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा सञ्चालनमा ल्याएको छ । 

यो सेवा कार्यान्वयनमा आए सँगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुन खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन्। 

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ । त्यसैगरी, नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् । 

ग्राहकहरुलाई घरमै रेमिट्यान्स सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा एभरेष्ट रेमिटसँगको सहकार्यमा सञ्चालनमा ल्याइएकाे खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, सौरभ राज पाण्डेले बताएका छन् । 

विदेशबाट एभरेष्ट रेमिटमा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न :

१. खल्ती एप को होम पेजमा गई “सेण्ड मनी” मा ट्याप गर्ने 

२. “रेमिट्यान्स”मा गई “रिसिभ मनी’ मा क्लिक गर्ने 

३. “एभरेष्ट रेमिट” छनोट गर्ने 

४. “कन्ट्रोल पिन” दाखिला गरी “प्रोसिड” मा ट्याप गर्ने 

५. सबै विवरण यकिन गरी “ओके” बटन मा ट्याप गर्ने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको