Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा लगानीमा आक्रामक बन्दै विकास बैंक, निक्षेप संकलन पनि बढ्यो

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १३ : २२ मा प्रकाशित

कर्जा लगानीमा आक्रामक बन्दै विकास बैंक, निक्षेप संकलन पनि बढ्यो

विकास बैंकहरुको एक साताको अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवैमा सामान्य वृद्धि भएको छ । यस सातासम्म १५ विकास बैंकले निक्षेप संकलन ०.१५ प्रतिशत र कर्जा लगानी ०.७३ प्रतिशतले बढाएका हुन् । 

गत सातामा विकास बैंकहरूले तीन अर्ब १४ करोडले कर्जा विस्तार गर्दा निक्षेप संकलन ७३ करोड रुपैयाँले मात्रै बढाएका छन् । भदौ महिनाको चौथो सातामा १५ वटा विकास बैंकहरूमा ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपिएको छ । 

गत भदौ १९ गतेसम्म विकास बैंकहरूको निक्षेप चार खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेकोमा २५ भदौसम्म चार खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । एक सातामा विकास बैंकहरूको निक्षेप ०.१५ प्रतिशतले बढेको हो ।

यसअवधिमा राष्ट्रिय, क्षेत्रीयस्तरका विकास बैंकहरूको निक्षेप २५ करोड रुपैयाँले घटेको छ । डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालका अनुसार क्षेत्रीयस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएर सात खर्ब १९ अर्ब एक करोड रुपैयाँमा सीमित भएको छ । गत साता यी बैंकले सात खर्ब २१ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको