Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसको “सिटी आयो लखपति बनायो” योजना सार्वजनिक

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १३ : १५ मा प्रकाशित

सिटी एक्सप्रेसको “सिटी आयो लखपति बनायो” योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड  दशैँ, तिहार र छठ्लाई लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्मचल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई रु१०,०००उपहार प्रदान गरिने छ साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १गते देखि कार्तिक ३०गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवा ग्राहीयो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू  हुनेछैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदा नगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको