अर्थ संसार, काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले यहीनोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजि Remtech Awards 2020 “पपुलारिटी अवार्डर्” जित्न सफल भएको छ ।
रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो ।यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएकाथिए ।
सिटी एक्सप्रेसमनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवाप्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफलभएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो जिम्मेवारी अझथपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिताएवं प्रभावकारी गराउनको शिशगर्ने प्रतिबद्धता समेत व्यक्तगर्दछ ।
यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवाप्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएकोछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १४ वर्ष देखिसंसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस