Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले गर्यो लाभांशसँगै हकप्रदकाे घोषणा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १६ : १८ मा प्रकाशित

अरुण भ्यालीले गर्यो लाभांशसँगै हकप्रदकाे घोषणा, बुकक्लोज कहिले ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीले लाभांशका साथसाथै हकप्रद सेयरकाे पनि घाेषणा गरेकाे छ । 

कम्पनीको आज (भदाै ३१ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।

कम्पनीले चाैबिसाैँ वार्षिक साधारण सभा असाेज २४ गते जुमबाट गर्ने निर्णय गरेकाे छ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61431f2968a3b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको