Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, ०७ : २५ मा प्रकाशित

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि विक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा विकास हाइड्रोपावरकातर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिट ललिमिटेडकातर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४ दशमलव ५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको उक्त कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको