Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १३ : २७ मा प्रकाशित

मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर, नयाँ बचत खाता योजना पनि सार्वजनिक

मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । 

नेपालीहरुको महान चाड दशैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा वार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।  

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५ दशमलव ०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको