Like us!
Follow us!
Connect us!
Watch us!

राजपाले निर्वाचन मिति सार्न गरेको आग्रह सत्तापक्षद्धारा अस्विकार

शनिबार, २७ जेठ २०७४, १४ : ४५ मा प्रकाशित

राजपाले निर्वाचन मिति सार्न गरेको आग्रह सत्तापक्षद्धारा अस्विकार

अर्थ संसार, काठमाडौं- दोस्रो चरणको निर्वाच तहको मिति  सार्न  राष्ट्रिय जनता पार्टीले गरेको आग्रहलाई सात्तारुढ दलले अस्विकार गरेका छन् ।

सिंहदरबारमा बसेको बैठकमा राजपाको आग्रह  सक्तापक्षले अस्विकार गरेहेको छ । राजपाले निर्वाचनमा सहभागि हुनको लागि आफुले उठाउँदै आएका राजनीतिक विषयहरु सम्बोधन हुनु पर्ने, क्षतिपुर्तिको विषय र जेलमा रहेकाहरुको रिहाइ तथा मुद्दा फिर्ता, निर्वाचनको मिति सार्नुस पर्ने जस्ता विषय उठाएको थियो।

’रकार,नेका,माके र राजपाकोबीचमा अहिले भएको बार्ता सफल हुन सकेन।भोलि बिहान सम्म यथास्थिती कायम रहेमा स्थानीय चुनाबमा राजपा सहभागी नहुने भयो’, बैठक पछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठल श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

यस अघि सरकारले जेठ ३१ को लागि तय गरेको स्थानीय तह निर्वाचन असार ९ गतेको लागि सारेको थियो। त्यस पछि सरकारले असार १४ लाई मिति तय गरेको थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको