Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश २ मा विकासको लागि जनताले एमाले खोजिरहेका छन–ओली

शनिबार, २७ जेठ २०७४, १५ : ३३ मा प्रकाशित

प्रदेश २ मा विकासको लागि जनताले एमाले खोजिरहेका छन–ओली

अर्थ संसार, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को विकासको लागि यहाँका जनताले एमाले खोजिरहेको बताएका छन् ।  

मधेसका प्रभावशाली नेता मानिएका प्रमोद यादव र मिथिला संस्कृतिका अभियन्ता रमेशरञ्जन झालाई शनिवार पार्टी प्रवेश गराउँदै ओलीले यस्तो भनाई राखेका हुन् । 

‘विकट ठाउँमा रहेका पहाडका गाउँमा विकास भइसक्यो, तर, सुगम ठाउँ मधेसमा बाटोमा छुट्याएको बजेट बाटोमा पुग्दैन, स्कूलमा छुट्याएको पैसा स्कूलले पाउँदैन’ ओलीले भने, ‘प्रदेश नम्बर २ मा अव एमाले आयो भने मात्रै विकास हुन्छ नत्र राज्यको बजेट खाएर लडाईं झगडा निम्त्याउनेहरुले उन्नती हुन दिंदैनन् भन्ने त्यहाँका जनताले बुझेका छन् ।’

ओलीले पहिचानको नाममा २ नम्बर प्रदेशमा लडाईं झगडा लगाएर मैथिली, भोजपुरी, अवधी पहिचान मेट्दै हिन्दी लाद्न खोजिएको वताए । 

‘पहिचानको आन्दोलन भन्ने नाम दिएका छन् तर, त्यहाँ बोलिने मैथिली, भोजपुरी र अवधीलाई कसरी विस्थापित गर्ने भनेर संविधान संशोधन गर्न खोजेका छन्’ ओलीले भने, ‘‘‘नेपाली संस्कृति र पहिचानको रक्षा र विकासको अभिभारा भएमालेको काँधमा छ, हामी जगेर्ना गर्छौं ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको