Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर स्याङ्गे हाइड्राेले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ११ : ०५ मा प्रकाशित

अप्पर स्याङ्गे हाइड्राेले आईपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

अप्पर स्याङ्गे हाइड्राेपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असाेज १ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असाेज २४ कम्पनीकाे रजिष्टर्ड कार्यालय, चन्डाेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा कम्पनीकाे अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । 

यसका साथै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, तथा सोहि अवधिको नगदप्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6146ca6fa22f1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको