Like us!
Follow us!
Connect us!
Watch us!

भारतनीय गृहमन्त्रीले भने नेपालप्रति हाम्रो सधै सकारात्मक दृष्टिकोण छ

शनिबार, २७ जेठ २०७४, १७ : २१ मा प्रकाशित

भारतनीय गृहमन्त्रीले भने नेपालप्रति हाम्रो सधै सकारात्मक दृष्टिकोण छ

नयाँदिल्ली- भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतले नेपालको आन्तरिक तथा राजनीतिक मामिलामा कहिल्यै पनि दख्खल नदिएको र आगामी दिनमा पनि नदिने स्पष्ट पारेका छन् ।
 
नयाँदिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका सभापति एवम् पत्रकार ऋषि धमलासँग शनिबार मन्त्री सिंहको सरकारी निवास (१७, अकवार रोड, नयाँदिल्ली–११००११) मा संक्षिप्त कुरा गर्दै उनले भारत नेपाललाई सँधै शान्ति, समृद्धि र स्थायित्व हाँसिल गरेको हेर्न चाहने बताएकाहुन् ।
 
उनले नेपालमा अब तीन तहकै निर्वाचन सम्पन्नभएर संविधान कार्यान्वयन भएपछि आर्थिक समृद्धिको यात्रामा नेपाल लम्कियोस भन्ने आफूहरुको एकमात्रै चाहना रहेको समेत सुनाए ।

मन्त्री सिंहले भने,‘नेपाल सँधै शान्त, स्थिर र आर्थिक समृद्ध भएको हेर्ने हाम्रो चाहना छ, यो चाहना हिजो पनि थियो र आजपनि छ र भोलि पनि रहनेछ।’ उनले अघि भने,‘अहिले नेपालमा निर्वाचन हुँदैछ, यो दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि बाँकी रहेकाप्रदेश र केन्द्रिय संसदको पनिचुनाव सम्पन्नहोस् र त्यसपछि नेपाल विकासको पथमा अघि बढोस् भन्ने हाम्रो चाहना छ।’

उनले संविधान संशोधन र संविधान कार्यान्वयन कसरी गर्ने भन्ने कुरा नेपालको आफ्नो आन्तरिक मामिला रहेको समेत स्पष्ट पारे । उनले भने,‘संविधान संशोधनगर्ने किनगर्ने ? संविधान कार्यान्वयन कसरी गर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला हो, हाम्रो त एकमात्रै चाहना भनेको नै नेपाल आर्थिक रुपमा समृद्ध होस, शान्तहोस्।’

मन्त्री सिंहले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै प्रगाढ र सुमधुर रहेको र ऐतिहाँसिक भएकोले आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई आर्थिक रुपमा थप मजबुद बनाउनुपर्ने र सहकार्य गर्दै हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै उनले नेपालप्रति भारत सँधै सकारात्मक रहेको उल्लेख गर्दै भने,‘हामी नेपाललाई जस्तोसुकै सहयोग गर्नपनितयार छौं, हाम्रो एकमात्रै सद्भाव भनेको नै नेपाल आर्थिक रुपमा मजबुद होस्।’ उनले भारत नेपालमा हुन गैरहेको चुनावको लागिपनि सहयोग गर्न तयार रहेको विश्वास दिलाए । यद्धपी उनले नेपालले सहयोग नमाँगेसम्मआफूहरु यो सहयोग गर्छु वात्यो सहयोग गर्छु भनेर भन्ने पक्षमा नरहेको जिकिर गरे ।

नरेन्द्र मोदी प्रधानमन्त्री बने लगत्तै भारतले नेपाललाई धेरै महत्व दिएको समेत उनको भनाई थियो । उनले भने,‘भारतले छिमेकीहरुलाई ठूलो महत्व दिएको छ, त्यसमा पनि नेपाल प्रति हाम्रो ठूलो सद्भाव छ, हाम्रो प्रधानमन्त्रीको पहिलो प्राथमिकतामानेपाल रहेको छ, उहाँले यसबारेमा पटक पटक बोलि सक्नुभएको पनि छ ।’उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा अब आर्थिक रुपमा समझदारी होस् भन्ने पक्षमा आफूहरु रहेको पनिजनाए ।

नेपालमा हुन गैरहेको चुनावमा सबै दलको सहभागिता कसरी गर्ने भन्नेबारेको एक प्रश्नमा उनले भने,‘यो हाम्रो चासोको विषय होईन, चुनाव भनेको प्रजातन्त्रको व्युटि हो, प्रजातन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम हो।’ भारत नेपालमा हुन गैरहेको चुनावको पक्षमा रहेको समेत उनले जिकिर गरे ।
त्यस्तै उनले नेपालमा हालै नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएको भन्दै बधाई समेत दिए । उनले देउवाजीसँग मिलेर नै कामगर्न आफूहरु तयार रहेको बताएँदै देउवाको कार्यकालमा पनि नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास दिलाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको