Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, ०८ : २३ मा प्रकाशित

कुमारी बैंकको १३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसरी दिने आवेदन ?

कुमारी बैंक लिमिटेडले केही संस्थापकहरुको नाममा रहेको संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको  १३ हजार ८७४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर म्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

6149464960323.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको