Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार इन्द्र तामाङ  घाइते

शनिबार, २७ जेठ २०७४, १९ : ४० मा प्रकाशित

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार इन्द्र तामाङ  घाइते

अर्थ संसार, खोटाङ– नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् । 

काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप हुँदा तामाङ घाइते भएका हुन् । 

चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका काँग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताउनुभयो । 

तामाङको टाउकामा गहिरो चोट लागेकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । एमालेका कार्यकर्ताले बिहीबार आफ्नो झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको