Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको आईपीओ आजदेखि बिक्री खुल्ला (आवेदन दिने तरिका सहित)

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, ०६ : २१ मा प्रकाशित

साहस उर्जाको आईपीओ आजदेखि बिक्री खुल्ला  (आवेदन दिने तरिका सहित)

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) मा आज असोज ६ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार सेबोनमा निवेदन पेश गरेको थियो । कम्पनीले ३५ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ।

How To Apply IPO Through MERO SHARE | मेरो सेयरबाट आईपिओमा आवेदन कसरी दिने ?

निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको