Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १० : २० मा प्रकाशित

आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (असाेज ६ गते, बुधबार) त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा अहिले बिहान ११ बजेबाट जुम मार्फत सञ्चालन हुनेछ । 

सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन, वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गरिनेछ  । 

त्यसैगरी, सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायहरुको निर्देशनमा प्रबन्धक तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । 

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २९ कराेड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरकाे २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न वैशाख २१ गते नै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिइसकेकाे छ ।  

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको