Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १७ : १६ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागी आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको