Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुरको फैसला आज हुँदै, कसको पक्षमा आउला फैसला ?

आइतबार, २८ जेठ २०७४, १२ : १९ मा प्रकाशित

भरतपुरको फैसला आज हुँदै, कसको पक्षमा आउला फैसला ?

अर्थ संसार, काठमाडौं – भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने फैसला आज हुने भएको छ ।

पुनः मतदान रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा गत जेठ २२ गते न्यायधीश चोलेन्द्र शमशेर राणाको इजलासले २८ गतेसम्मका लागि कुनैपनि प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

सर्बोच्च अदालतमा अधिवत्ता तुलसीराम पाण्डे र वडा नम्बर १९ का एमालेका तर्फबाट दलित सदस्य उम्मेद्वार गुन्जमान बिकले निर्वाचन आयोगलाई प्रमुख प्रतिपक्षी बनाएर रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले भरतपुरमा मतगणना जारी रहँदा ९० मत च्यातिएपछि पुनः मतदान गराउने निर्णय गरेको थियो ।जसमध्ये वडा नं. १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं.२० को मात्र मतगणना गर्न बाँकी छ ।


दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेका थिए ।


वडा नंम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो ।सर्वोच्चको आदेश पर्खेर बसेका भरतपुरका एमाले र माओवादीका उम्मेद्वारले आफ्नो पक्षमा भोट भने मागिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको