Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको आईपिओमा आवेदनको ओईरो, कति पर्यो आवेदन ?

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, ०६ : ३१ मा प्रकाशित

साहस उर्जाको आईपिओमा आवेदनको ओईरो, कति पर्यो आवेदन ?

साहस उर्जा कम्पनी लिमिटेडले बुधबारबाट निष्कासन गरेको साधारण सेयर (आईपिओ) मा पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेको थियो भने दाेस्रो दिनमै सर्वसाधारणलाई निष्काशन गरेको सेयरको २.९१ गुणा बढि आवेदन परेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार बिहिबार साँझ ५ बजेसम्म १२ लाख ८१ हजार जना आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । । यो सर्वसाधारणका लागि खुल्ला गरिएको भन्दा २.९१ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता आईपिओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा लगानीकर्ताहरूले असोज १० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको