Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुबाट कुनै पनि किसिमको गलत व्यवहार भएको छैनः निरज गिरी

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १० : १७ मा प्रकाशित

लगानीकर्ताहरुबाट कुनै पनि किसिमको गलत व्यवहार भएको छैनः निरज गिरी

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले आन्दोलनमा आएका लगानीकर्ताहरुबाट कर्मचारीहरु माथि कुनै नराम्रो व्यबहार नभएको बताएका छन् । "हामिहरु बिचमा सौहार्दपुर्ण वातावरणमा वार्ता भएको हो कुनै किसिमको गलत व्यबहार वहाँहरुबाट भएजस्तो मलाई लाग्दैन" उनले भने ।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले सेयर बजार सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समिती र भितोपत्र बोर्डका बिचमा भएको बार्ताका क्रममा लगानीकर्ताहरुले बोर्डका कर्मचारीहरु माथि अशोभनीय व्यवहार भएको र कर्मचारीहरुलाई अघोषित रुपमा कार्यलयमै बन्धक बनाईएको भन्दै विज्ञप्ती प्रकाशन गरेको थियो । 

गिरीले भने "आन्दोलनमा अब सबै कुरा सामान्य ढंगले त अवश्य पनि हुन्न केहि हुल हुज्जत र नारावाजी त भइहाल्छ यसलाई सामान्य रुपमा लिनुर्छ, अव कर्मचारीहरुमा पनि धेरै नयाँ साथिहरु हुनुहुन्छ हामि नियामक निकाय पनि भएकाले विभिन्न समयमा यस्ता आन्दोलन र मागहरु लिएर लगानीकर्ताहरु हाम्रोमा आइरनुहुन्छ भन्ने कुरा वहाँहरुलाई थाहा नभएर पनि हो हामि त यसमा बानि नै पर्यो राति १२ बजेसम्ममै कार्यलयमा थुनियको अनुभव पनि हामिसंग छ । अब कर्मचारीहरुको पनि समयमा घर जान पाउनुपर्यो भन्नु पनि गलत कुरा भएन त्यसैले अब यसलाई तन्काउने भन्दा पनि अब यो कुरालाई यहि सक्नुपर्छ जस्तो लाग्छ मलाई ।" 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको