दिनिता लामिछाने
काठमाडौं– नेपालको लागी टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ जितेको छ ।
भारतको मुम्बईमा भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएर अवार्ड जितेको छ । उक्त अवार्ड जितेको अबसरमा सिप्रदीले काठमाडौंमा कार्यक्रम आयोजना गरी खुसी साटेको छ ।
टाटाले विश्वका ४५ मा आफ्ना मोटर विक्री गर्दै आएको छ । युरोप, अफ्रिका र एसियाकाका ती देशबाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकमध्येबाट उत्कृष्ट सम्मान पाएको सिप्रदीका महाप्रबन्धक राजनबाबु श्रेष्ठले बताए । कम्पनीले थप आठ वटा विधाहमा समेत उत्कृष्ट अवार्ड जितेको कम्पनीले जनाएको छ ।
सिप्रदीले बस र एम एण्ड एचसिभि ट्रक विधामा ‘सर्वाधिक विक्री २०१६’ र ‘सर्वाधिक मार्केट शेयर २०१६’, अल्ट्रा बसमा ‘सर्वाधिक विक्री २०१६’, ‘उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ‘सर्वाधिक मार्केट शेयर २०१६’ र ‘उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्ड जितेको कम्पनीले जनाएको छ ।
सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उत्कृष्ठ अवार्ड पाएपछि अझ जिम्मेवारी बढेको बताउँदै राम्रो काम गर्न यसले हौसला दिएको बताए । सिप्रदी ट्रेडीङ्गले सन् १९८२ मा देखि टाटाका गाडी नेपालमा बेच्दै आएको छ । कम्पनीका नेपालभर २४ वटा विक्रीपछिको सेवा केन्द्र छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस