Like us!
Follow us!
Connect us!
Watch us!

साहस उर्जाको आईपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले दिए आवेदन, सेयर पाउन भाग्य कै भर

अर्थ संसार

आइतबार, १० असोज २०७८, १७ : ५० मा प्रकाशित

साहस उर्जाको आईपीओमा अन्तिम दिनसम्म २४ लाख बढीले दिए आवेदन, सेयर पाउन भाग्य कै भर

साहस उर्जा लिमिटेडको असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन थियाे । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा २४ लाख बढीले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्ममा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको