Like us!
Follow us!
Connect us!
Watch us!

बेलायतको कोभेन्ट्री युनिभर्सिटीले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

अर्थ संसार

सोमबार, ११ असोज २०७८, ११ : ५६ मा प्रकाशित

बेलायतको कोभेन्ट्री युनिभर्सिटीले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

एघार वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज अफ आईटी एण्ड इ–कमर्समा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई युनिभर्सिटीले शतप्रतिशत छात्रवृत्ती दिने भएको छ ।

सफ्टवेरिका कलेजले बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको छ । स्नातक तहको पहिलो वर्षको ४ लाख ५० हजार बराबरको छात्रवृत्ति ५ जनालाई प्रदान गरिने कलेज प्रमुख प्रमोद पौडेलल जानकारी दिएका छन्। 

प्लस टुको रिजल्ट, अतिरिक्त क्रियाकलाप, अनुशासन, सामाजिकपन आदिलाई मूल्याकंन गरी विद्यार्थी छनौट गरिने पौडेलले बताए । साथै कलेजले हरेक ब्याचका २ सय विद्यार्थीबाट ५१ जनालाई २५ प्रतिशतदेखि सतप्रतिशत छात्रवृत्ती दिने बताइएको छ ।

कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन् भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने श्रेष्ठले बताएका छन् ।

इनोभेसन हबमा कम्प्युटर, थ्री डि प्रीन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत  परियोजनाको आवश्यकता अनुसारको उपकरण सुबिधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताएका छन् । इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ ।

कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको