Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १३ : २४ मा प्रकाशित

लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम

लक्ष्मी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवकाे अवसरमा महिलाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ । 

बैंकले काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलाहरूलाई छात्रवृत्ति प्रदान गर्नका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झाैता गरेकाे छ ।

साे सम्झाैतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन् ।

उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ । छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ । बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवर्द्धन गर्नेछ ।

त्यसैगरी, छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुने बैंकले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको