Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत भइसक्दा पनि डिम्याटमा आएन मानुषीको आईपीओ, कहिले आउँछ ?

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १२ : १२ मा प्रकाशित

नेप्सेमा सूचिकृत भइसक्दा पनि डिम्याटमा आएन मानुषीको आईपीओ, कहिले आउँछ ?

 मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) हिजाे नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भइसकेकाे छ । तर अझै पनि कम्पनीकाे आईपीओ सेयरधनीहरूकाे डिम्याट खातामा भने आएकाे छैन ।

नेप्सेमा सूचिकृत भइसक्दा पनि आफ्नाे खातामा भने सेयर नआएपछि कम्पनीकाे आईपीओ पर्ने लगानीकर्ताहरूलाई जिज्ञासाकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही जिज्ञासा मेटाउन हामीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडसँग कुरा गरेका छाैँ ।

सिडिएससीका प्रवक्ता सुरेश न्याैपानेका अनुसार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) आज बेलुकासम्म लगानीकर्ताहरूकाे डिम्याट खातामा जम्मा हुनेछ । 

उनी भन्छन्, "सामान्यतय पहिले सेयर लगानीकर्ताहरूकाे खातामा पठाएपछि मात्र नेप्सेसँग सूचीकरणका लागि सम्झाैता गर्नुपर्ने हाे । तर उहाँहरूले एकैचाेटी दुवैतिर सम्झाैता गर्नुभयाे हाेला त्यसैले आज काराेबार हुन नसकेकाे हाे । अब बेलुकासम्म सबै लगानीकर्ताहरूकाे खातामा सेयर आइसक्छ ।"

हिजाे संस्थाकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । संस्थाले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको