Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुट सम्बन्धी सम्झौता

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १४ : २७ मा प्रकाशित

सिटिजन्स बैंक र एभरेष्ट होटेलबीच छुट सम्बन्धी सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल र एभरेष्ट होटेल, बानेश्वरबीच सिटिजन्स बैंकको कार्ड हुनेलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् । 

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङ्ग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । साथै, कोभिड १९ को त्रास अझै कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआई बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको