Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १५ : ४१ मा प्रकाशित

दशैंमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट

नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  विशेष छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यही असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् । 

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा रु २ हजार रूपैयाँसम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २०% अथवा रु २ हजार ५ सय रूपैयाँसम्मको छुट पाउनेछन् । सो सहमति पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन । यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिङ्ग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको छ । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको