Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले माग्यो धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए बर्खास्त

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, ०६ : ४७ मा प्रकाशित

सरकारले माग्यो धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए बर्खास्त

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले गत साताको मंगलबार सरकारलाई प्रतिवेदन बुझाएपछि हिजो सोमबार बसेको मन्त्री परिषद् बैठकले ढुंगानालाई स्पष्टिकरण सोधेको छ । 

धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने छैन’ भन्ने व्यवस्था छ ।  सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो । धितोपत्र ऐनको दफा ११ मा दलको पदाधिकारी, धितोपत्र व्यवसायमा सलग्न, दामासाहीमा परेमा, मानसिक सन्तुलन बिग्रेमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा पदमुक्त हुने भन्ने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको