Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबिको मुद्धती निक्षेपमा ९.५२% ब्याज

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १३ : ०४ मा प्रकाशित

एनएमबिको मुद्धती निक्षेपमा ९.५२% ब्याज

एनएमबि बैंक लिमिटेडले बैंकको मुद्धती निक्षेपमा ९.५२% को आकर्षक योजना सार्वजनिक गरेकाे छ ।  नयाँ योजना अन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई  मुद्धतीमा ९.५२% वार्षिक ब्याजदर (०.५ % प्रिमियमसहित) प्रदान गर्नेछ ।  

एनएमबि बैंकमा खाता नभएको ग्राहकहरुले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित प्रविधि मार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडीयो केवाईसी मार्फत ग्राहकहरुले अनलाईन खाताको शुरु देखी अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् ।
VKYC को लागी डिजिटल लिन्क यस प्रकार रहेको छः   https://vcc.nmb.com.np

बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको