Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघले आपसी सहयोग अभिवृद्धि गर्ने

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १७ : १० मा प्रकाशित

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघले आपसी सहयोग अभिवृद्धि गर्ने

आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्नेछन् । यसैगरी दुवै निकायले औद्योगिक विकासका लागि स्थिर आर्थिक नीति तर्जुमाका लागि सरोकारवाला निकायसँग आपसी सहकार्यमा कार्य गर्नेछन् । दुवै संस्था मिलेर आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि काम गर्ने समझदारीपत्रमा उल्लेख छ । साना तथा मझौला उद्योगका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्न पनि दुवै निकाय सहमत भएका छन् । 

समझदारी अनुसार परिसंघका विभिन्न समितिमा संघको तर्फबाट पदेन सदस्यको रुपमा प्रतिनिधित्व रहनेछ । यसैगरी दुवै संस्थाका प्रदेश एवं जिल्ला तहमा समेत समन्वय र सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गने समेत समझदारीपत्रमा उल्लेख छ । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आफ्ना कार्यक्रम विस्तारका क्रममा विभिन्न निकायसँग समझदारी गरेर अघि बढिरहेको बताए । यस समझदारीले दुई निकायबीच आपसी सम्बन्ध विस्तार भइ एक अर्काका सदस्यहरुले लाभ लिन सक्ने अध्यक्ष अग्रवालले उल्लेख गरेका छन् । 

यसैगरी संघका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले अर्थतन्त्र विस्तारका लागि नीतिगत स्थिरता आवश्यक पर्ने भन्दै त्यसका लागि दुवै निकायले मिलेर अघि बढ्न सकिने बताए । 

कार्यक्रममा परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे र रोहित गुप्ता एवं बैंकिङ समितिका सभापति अनलराज भट्टराई एवं संघका उपाध्यक्ष रमेशकुमार धिताल, महासचिव तेजप्रसाद सुवेदी र कोषाध्यक्ष सुशील घिमिरेको उपस्थिति थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको