Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपालको आईपीओमा हालसम्म १५ लाखले दिए आवेदन, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १७ : ४५ मा प्रकाशित

बुद्धभुमि नेपालको आईपीओमा हालसम्म १५ लाखले दिए आवेदन, पर्ने सम्भावना न्यून बन्दै

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १५ लाख भन्दा धेरै जना लगानीकर्ताकाे आवेदन परको छ । 

कम्पनीको आईपीओ निष्कासन बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार  बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४ सय १८ जना लगानीकर्ताहरूले २ करोड ३ लाख ७ हजार २ सय २० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा २७.२९ गुणा धेरै आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको