Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपालको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

अर्थ संसार

विहीबार, १४ असोज २०७८, १७ : ३० मा प्रकाशित

बुद्धभुमि नेपालको आईपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडकाे आईपीओमा अन्तिम दिनसम्म २१ लाख भन्दा धेरै जना लगानीकर्ताकाे आवेदन परको छ । 

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ कराेड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् । अन्तिम तथ्यांक केही फरक पर्न सक्नेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको