Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, १० : १७ मा प्रकाशित

एनआईसी एशियाको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम मौका

एनआईसी एशिया बैंक लिमिटेडले असाेज ६ गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (असाेज १५ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले मेराे माइक्राेफाइनान्सकाे ८४ हजार ८ सय २९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ८१ हजार ९ सय २ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

कुनकाे मूल्य कति ?

मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड = ४९७ रुपैयाँ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड = ५३९ रुपैयाँ

नागरिक लगानी काेष = ११९७ रुपैयाँ

कति दिने आवेदन ?

लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको