Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन अवधि लम्बियो

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, ०७ : ५२ मा प्रकाशित

एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन अवधि लम्बियो

एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ। अब लगानीकर्ताले यस योजनामा भदौ १२ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।

खुलामुखी योजना

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो एक खुलामुखी योजना हो। यसमा लगानीकर्ताले इच्छाअनुसार न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्ने व्यवस्था छ।

बिक्री संरचना

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। यसअघि नै १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

न्यूनतम बिक्रीको प्रावधान

बिक्री खुला भएको अवधि तथा थप गरिएको समयावधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५० करोड रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन प्राप्त भएमा मात्रै इकाईको बाँडफाँट हुने व्यवस्था गरिएको छ। न्यूनतम संख्यामा इकाई बिक्री हुन नसकेमा योजना खारेज गरिनेछ र त्यस्तो अवस्थामा १५ दिनभित्र आवेदन दिने लगानीकर्ताले आफ्नो रकम फिर्ता पाउनेछन्।

आवेदन प्रक्रिया

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। यस योजनामा आवेदन दिनका लागि धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो शेयर वेब र मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने सुविधा छ।

क्रेडिट रेटिङ्ग

यस म्युचुअल फण्ड निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कोष प्रवर्द्धकलाई आईआरएन ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। साथै, इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको